खानेकुराबाट २५० किसिमको रोग

Posted on: 16 May, 2019

जेठ २, विराटनगर । रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका  अवसरमा  खानेकुराको अस्वच्छताले बढी रोग लाग्ने, शिशु, वृद्ध र  गर्भवती, खाद्य व्यापार आयात एवं निर्यात तथा पर्यटन क्षेत्रमा असर गर्ने, स्वास्थ्य रक्षासम्बन्धी खर्च बढाउने र खाद्य शृङ्खलाले अन्तर्राष्ट्रिय सीमासमेत पार गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने सुझाव दिइएको छ । 

खाद्यमा हुने अस्वच्छता हटाउन  सरोकार पक्षलाई अभिप्रेरित गराउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियमित रुपमा काम गर्दै आएको छ । खाद्यमा हुने अस्वच्छताले सबैभन्दा बढी बालबालिका र वृद्धामा रोग लाग्ने गरेको कार्यालय प्रमुख प्रमोद कोइरालाले जानकारी दिनुभयो ।

खाद्य पदार्थलाई स्वच्छ बनाउन उत्पादक, वितरक, उद्यमी, निर्यातकर्तासमेतलाई सचेतना तालीम दिइएको छ ।  गत वर्ष यसै सम्बन्धमा ८७  र यस वर्ष अहिलेसम्मका अवधिमा २७  मुद्दा दर्ता भएको बताइएको छ ।  खानेकुराबाट लगभग २५० किसिमको रोग लाग्ने गरेकाले पनि जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!