अत्यधिक बर्षाका कारण पाँचको मृत्यु, हजारौँ विस्थापित

Posted on: 16 May, 2019

 जेठ २, तान्जानिया । तान्जानियाको दक्षिणपश्चिमी क्षेत्रमा अत्यधिक बर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । 

बर्षाकै कारण अरु दुई हजार ५०० भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।   

एमबेया क्षेत्रमा पर्ने क्येलामा घटना भएको क्येला जिल्लाका कार्यकारी अधिकृत सालोम मागाम्बोले बताउनुभयो । 

“हामीले १४ ओटा शरणार्थी शिविर बनाएका छौँ, ती शिविरहरु विद्यालय र चर्चमा छन्, त्यहाँ २५ सय ७० जनालाई राखिएको छ,” मागाम्बोले भन्नुभयो ।   

उहाँले कतिपय व्यक्तिहरुलाई माथिल्लो भागमा घर भएका आफन्त र साथीहरुले आश्रय दिएको पनि जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!