अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको निधन

Posted on: 16 May, 2019

जेठ २, सिड्नी  । अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ ।    

देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

लेबर पार्टीका नेता हकले सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले आफ्नो कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रुपान्तरणको नमूना स्थापित गर्नुभएको बताउने गरिन्छ । 

“आज हामीले बव हकलाई गुमाएका छौँ, उहाँ एक जना महान् अष्ट्रेलियाली नागरिक हुनुहुन्थ्यो, धेरैले उहाँको समय अत्यन्त महत्वपूर्ण भएको बताएका छन्,” उहाँकी श्रीमती ब्लान्च डि अल्पुगेटद्वारा बिहीबार राति जारी वक्तव्यमा भनिएको छ ।

“बव हक र पउल किटिङको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकिरण गरेका थिए, उहाँको कार्यकालमा आर्थिक स्वतन्क्रता र रोजगारी बढेको थियो,” वत्तव्यमा उल्लेख गरिएको छ ।  

संघीय निर्वाचनको दुई दिन अगाडि उहाँको निधन भएको हो । लेबर पार्टीका नेता बिल सर्टनले हकलाई पार्टीको सवैभन्दा ठूलो छोराको रुपमा व्याख्या गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!