स्काइभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु चालक घाइते

Posted on: 17 May, 2019

सम्राट सिंह | जेठ ३, बझाङ | जयपृथ्वी नगरपालिका ११ मा स्काइभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन ।

जयपृथ्वी नगरपालिका ११ अन्र्तगत चैनपुर मयाना सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टी भन्ने ठाउँमा आज बिहान साढे ६ बजे बा. २ क ७९४० नम्बरको स्काइभेटर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको र चालक घाइते भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा सहचालक मष्टा गाउँपालिका ४ घर भएका सत्यराज बोहराको घटनास्थलमा नै मृत्यु भएको र सिन्धुली घर भएका चालक किशोर थापा घाइते भएको प्रहरी नायव निरिक्षक मिन बहादुर सिंहले बताए ।  सडक निर्माण गर्ने क्रममा स्काइभेटर दुर्घटना भई सडक भन्दा २५ मिटर तल खसेको उनको भनाइ छ ।

घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!