जिसस अछाम कर्मचारी बिहिन भएपछि कामकाजमा समस्या

Posted on: 17 May, 2019

कमल रावल, जेठ ३, अछाम । जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुवरले कर्मचारी नभएका  कारण समन्वय समिति चलाँउनका लागि समस्या भएको बताँउनु भएको छ । जेठ १ गतेबाट जिसस कर्मचारी बिहिन भएपछि अब आफुहरुलाई कामगर्न समस्या भएको पत्रकार सम्मेलन गरि जानकारी गराँउनुभएको हो ।

५ जना कर्मचारी र ३ जना कार्यालय सहयोगीले कामकाज गरिरहेकोमा कर्मचारी समायोजनबाट उनीहरु आ आफनो रोजेको स्थानीय तहमा गएपछि जिल्ला समन्वय समिति कर्मचारी बिहिन भएको हो । निमित्त समन्वय अधिकारी समेत रहनु भएका शाखा अधिकृत पदम माझि, सुब्बा भवानी सिंह, कार्यालय सहयोगी झपट  सिंह बिष्ट दानसिंह धामि र भ्वान सिंह धामि मंगलसैन  नगरपालिका तथा शाखा अधिकृत खडक बिष्ट, लेखापाल शरद ढुंगाना र सव ईञ्जिनियर छेवाङ सेर्पा कमलबजार नगरपालिकामा समायोजन भई गएपछि जिसस अछाम कर्मचारी बिहिन भएको पत्रकार सम्मेलनमा प्रमुख कुवरले जानकारी गराँउनुभयो ।

जिसस संघिय सरकार मातहत रहेको र १३ जना दर्बन्दि रहेकोमा संघीय सरकार बाट कर्मचारी नखटाईदा आफुहरु समस्यामा  परेको कुवरको भनाई छ । कर्मचारी खाली भएको विषयमा जानकारी सहित दरबन्दि अनुसार कर्मचारी पदपूर्तिका लागि मन्त्रालयमा माग गरिसकेको बताईएको छ । जिल्ला समन्वय समितिमा जिल्ला समन्वय अधिकारी देखी कार्यालय सहयोगी सम्म गरि १३ जनाको दरबन्दी रहेको छ । तत्कालिन जिल्ला विकास समितिमा ९६ जना कर्मचारी रहेकोमा संघियता पछि सबै सबै समायोजन भई बिभिन्न स्थानीय तहमा गैसकेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!