सिराहामा हात्तीले आक्रमणबाट एक जनाको मृत्यु

Posted on: 18 May, 2019

  जेठ ४, सिरहा । सिराहामा हात्तीकाे आक्रमणमा एक वृद्धाकाे मृत्यु भएको छ ।  शुक्रवार राति हात्तीले किच्दा गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको ज्यान गएको हो ।

हात्तीले एक्कासी आक्रमण गर्दा मगरकाे मृत्यु भएको हो । 

पोष्टमार्टमको लागि महिलाको शव रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ । हात्तीले गोलबजार नगरपालीका १ मुक्सारमा दुईवटा घर समेत भत्काएको प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!