१२ तोला सुन शौचालयबाट बरामद, एक जना पक्राउ

Posted on: 19 May, 2019

पर्वत । चोरी भएको १२ तोला सुनसहित एक जनालाई इलाका  प्रहरी कार्यालय हुवासले पक्राउ गरेको छ ।

पैयूँ गाउँपालिका–६ उपल्लो हुवासमा रहेको आले होटेलबाट चोरी भएको सुनसहित स्थानीय ३६ वर्षीय सोमबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । उनले सुन चोरी गरेर शौचालयमा लुकाएको प्रहरी निरिक्षक  मित्रबहादुर आचार्यले जानकारी दिए ।

रानाले पसलबाट ४ तोलाको हार, ४ तोलाकै सुनका बाला २ ओटा, चन्द्रमा र सिक्री चोरी गरी शौचालयमा लुकाएको र बयान लिने क्रममा बताएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!