म्याग्दीमा ४३ नयाँ क्षयरोगी भेटिए

Posted on: 19 May, 2019

जेठ ५, म्याग्दी | म्याग्दीमा यस वर्ष ४३  नयाँ क्षयरोगी फेला परेका छन् । क्षयरोगीको पहिचान गर्ने क्रममा जिल्लाका छ स्थानीय तहमा गत वर्ष साउनदेखि यसवर्ष वैशाखसम्म ४३ नयाँ भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

क्षयरोगी पहिचान तथा उपचारका विधिबारे सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गत वर्ष ५६ को उपचार गरिएको स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले बताउनुभयो । “नयाँ क्षयरोगी थपिने सम्भावना छ, अधिकांश फोक्सो र घाँटीका रोगी भेटिएका छन्”, आचार्यले भन्नुभयो । आचार्यका अनुसार जिल्लाभित्र अझै २४ क्षयरोगी रहेको अनुमान गरिएको छ ।

नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनः बल्झिएर उपचारमा आउने  गरेको बताउँदै जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने स्वास्थ्य कार्यालयका सुपरभाइजर मनिष महतोले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!