जेठ ६, काठमाडौं । सामाजिक संजालमा ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भन्दै कमेन्ट गरेको अभियोगमा बानेश्वरमा बस्ने सिन्धुपाल्चोकका ३४ वर्षे लाल बाहदुर तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ। तामाङलाई बानेश्वरबाट सोमबार प्रहरीले पक्राउ गरेको हाे।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी सामाजिक संजाल फेसबुक दुरुपयोग गरी नेपाली खबर अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा 'सलिम योन्जन तामाङ-भाई' नामक फेसबुक आइडीबाट तामाङले यस्तो कमेन्ट गरेकाे महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!