विराट महायज्ञको छैठौ दिन एकै व्यक्तिले गरे ५१ लाख दान

Posted on: 20 May, 2019

जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज छैठौ दिन भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको छैठौ दिन कूश्मा नगरपालिका वडा नं. ४ निवासी हरीगोविन्द कर्मचार्यका परिवारले १ रोपनी जग्गा दान गरेका छन् । ५० लाख पर्ने जग्गा कुश्मा नगरपालिका वडा नं. ४ मा पर्ने होमन कुण्ड चलिरहेको जग्गा दान गरेका हून ।

उनका छोरा सागर कर्मचार्यको नाममा रहेको उक्त जग्गा आज दान गरेका हून । छोराहरु सागर कर्माचार्य,नविन कर्माचार्य र गया कर्माचार्य लगायतका कर्माचार्य परिवार यज्ञस्थलमा गई आशिरवाद ग्रहण गरेका थिए । यज्ञस्थलमा रहेको जग्गा समेत उनले यज्ञ संचालनका लागी सहयोग गरेका थिए ।

फराकिलो मनका धनी कर्मचार्य परिवारले पर्वत जिल्लाको सदमूकाम कूश्मामा विश्वकैे अग्लो शिवपार्वतीको मूर्र्ति वन्ने भएकाले त्यो अवसरका लागी जग्गा दान गरेको छोरा सागर कर्माचार्यले वताउनू भयो ।

कर्माचार्य परिवारलाई वाजा गाजा सहित यज्ञस्थल परिक्रमा गराईएको थियो । विराट महायज्ञ मूल आयोजक समितिका संयोज पृथ्वी नारायण शर्माले दयालू मनका धनी कर्मचार्य परिवारले होमन कुण्ड संचालन भएकै जग्गा दान गरेकोमा वधाई दिदै धन्यवाद व्यक्त गर्नुभयो । यस्तै मनकारी दानविर भएमा सिस महल देखि सत्सड भवन वन्नमा थप सहयोग पूग्ने विराट महायज्ञका महासचिव अच्यूत तिवारीले वताउनू भयो ।

त्यसै गरि शिव कूमार जोशीले १०८ के जि.को घण्टा दान गरेको उद्योग वाणिज्य संघका अध्यक्ष तथा विराट महायज्ञका वरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिनू भयो । विराट महायज्ञ आगामी जेठ ११ गते सम्म संचालन हूनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!