सिरहामा महिलालाई अगुवा बनाई प्रत्याशी वडा अध्यक्षमाथि सार्वजनिक मुद्दा

Posted on: 20 May, 2019

जेठ ६, सिरहा । सामान्य विवादमा सार्वजनिक मुद्दा-मामला गरेपछि कल्याणपुर ५ का वडाध्यक्ष दिपेन्द्र यादवले आपत्ती जनाएका छन् । 

विद्यार्थी भर्ना विषयमा कल्याणपुर ६ मा स्थानीय श्रीचन साह (ललियावाला)ले मदिरा सेवन गरी अपशब्द प्रयोग गरेपछि विवाद बढेको हो । अपशब्द प्रयोग गर्ने श्रीचनलाई स्थानीयले प्रहरी बोलाएर नियन्त्रण गर्न खोज्दा उनका श्रीमती काजल साहले बाटो रोक्दा विवाद बढेको हो । 

श्रीचनका श्रीमती साहले आफ्ना श्रीमानलाई नियन्त्रण लिनबाट  रोक्दा लडेर सडकमा खस्दा उनलाई अस्पताल भर्ना गरियो । महिलाको मुद्दा बनाएर श्रीचन पक्षले नक्कली ढँगबाट लामो समयसम्म उपचार गरी स्थानीय कुशेश्वर साहमाथी बनाबटी आरोप लगाएर नक्कली मुद्दा तयार गरिएको छ । 


महिलाको अवस्था समान्य रहेपनि श्रीचन पक्षले कुशेश्वर साहमाथी सार्वजनिक मुद्दा लगाएर गाउँलाई आतंकित बनाएको आज गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उता, मदिरा सेवन गरी होहल्ला गरेका श्रीचनलाई प्रहरीले कारवाही नगरी सँरक्षण गरेको आरोप छ । 

कुशेश्वर साहले ‘माघ ५ गते सिडियोलाई कालो झण्डा देखाएकोले मलाई टार्गेट बनाएर उनीहरुलाई उसकाएर मुद्दा हाल्न लगाएको हो ।’ ‘महिलालाई भिडमा म देखेका पनि थिइन् ।’ ‘कसरी महिलामाथी हातपात गर्न सक्छु ।’ ‘ वडाध्यक्ष अध्यक्ष मोतिबुलको मनमौजी  चल्न  नदिएकोले योजनाबद्ध ममार्थी सार्वजनिक मुद्दा हालिएको हो ।’ 

कल्याणपुर ६ का वडाध्यक्ष मोतीबुल राईन स्वतन्त्रबाट विजय भएका छन् । उनका चार जना सदस्य राजनीतिक दलबाट विजय भएकाले  विगत लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ । 


अध्यक्ष राईनले भने ‘श्रीचनकी श्रीमती काजल आज पनि अस्पतालमा उपचारत छन् ।’ ‘मुद्दाले नै अन्तिम रुप दिने छ ।’ ‘विवाद म पनि चाहदीन् ।’ ‘बजेट सार्वजनिक गरिसकेका छु ।’ ‘फेरी पनि बजेट सार्वजनिक गर्न तयार छु ।’ घटना बैशाख २९ गते राती भएको हो । चिकना स्कूलका प्रअ राजकुमार साहले ‘कुशेश्वर साह निर्दोष हुन ।’ ‘महिलालाई गोटी बनाएर राजनीतिक रुप दिएको हो ।’ ‘यो समान्य विवाद हो ।’ ‘यसलाई गाउँमै मिलाएर लैजानुपर्ने हो ’ बताए । यस घटनामा  महिलालाई गोटी बनाएर राजनीतिक रंग लेपिएको स्थानीयको कथन छ ।

- सिरहाबाट महेश सिंह महतोको सहयोगमा प्राप्त समाचार  

यस बिषयमा तपाइको प्रतिक्रिया...!