पर्वत । सामाजिक सञ्जाल फेसबुकबाट अश्लिल समाग्री पठाउने एक युवा पक्राउ परेका छन् । मोदी गाउँपालिका ६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपालीलाई एक महिलालाई फेसबुक म्यासेजबाट अश्लिल समाग्री पठाएको आरोपमा प्रहरीले पक्राउ परेको हो ।
ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत दुर्व्यवहार गरेपछि महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्।
अभियुक्तलाई उनकै घरबाटै पक्राउ गरी विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!