बमविस्फोट हुँदा विहादी गाउँपालिकामा २ जना घाइते

Posted on: 21 May, 2019



पर्वत । बिहादी गाउँपालिकामा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

बिहादी गाउँपालिका ६ शालिग्राममा फलामको रडमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट हुँदा  बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती र १९ बर्षिय समिर राना घाइते भएका हुन् । 

घाइते घर्तीको अबस्था भने गम्भीर रहेको छ । उनको मिसन अस्पतालमा पाल्पामा उपचार भैरहेको छ भने घाइते रानाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । 

घाइतेहरुले माछा मार्नका लागि सलाईको बारुद्ध भरेर बम बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!