छोरा नजन्माएको निहुँमा श्रीमतीको बिभत्या हत्या, श्रीमान पक्राउ

Posted on: 21 May, 2019

महेश सिंह महतो | जेठ ७, सिरहा | सिरहाको मिर्चैया नगरपालिका ११ बस्तीपुरमा एक महिलाको हत्या भएको छ । घाँटी थिचेर रितुलाई हत्या गरिएको बताइएको छ । 

घटनापछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । हत्या गरेको आशंकामा ति महिलाका श्रीमान चन्देश्वर यादबलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । स्रोतका अनुसार रितुले छोरा नजन्माएको निहुँमा पटक पटक तनाव दिँदै आएको र सोही कारण हत्या गरेको हुनसक्ने अनुमान छ । रितुको एकमात्र छोरी छन् । तर प्रहरीले यसबारे अहिले मुख खोलेका छैन । अनुसन्धानपछि मात्र यर्थात बाहिर आउने प्रहरीको भनाई छ ।

स्थानीय चन्देश्वर यादवकी अन्दाजी २९ बर्षीया श्रीमति रितुदेवी यादबको हत्या भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!