गुडिरहेको गाडीबाट हाम फाल्दा एकको मृत्यु

Posted on: 23 May, 2019

कृष्ण बिष्ट | जेठ ९, बैतडी | बैतडीमा गुडि रहेको जिपबाट हाम फाल्दा एक जानाको मृत्यु भएको छ । 

बैतडीको दशरथचन्द नगरपालिकाको गिरेगडादेखि देहिमाण्डौ तर्फ गइरहेको म १ ज ११९ नं जिपमा सवार पञ्चेश्वर ५ नयागाँउका ४२ वर्षी राजु कोलीको मृत्यु भएको हो । 

बिहिबार साँझ ६ बजेतिर दशरथचन्द नगरपालिका ९ पार्सा भन्ने ठाँउमा हाम फाल्दा गम्बीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 

जिप चालक अन्ताजी २७ वर्षीय जनक राज जोसी चालक फरार रहेको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नेत्र मणी गिरीले जानकारी दिनुभयो । चालकको खोजी भइरहेको पनि उहाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!