सिरहाको मिर्चैयामा भ्यान सडक दुर्घटना: २ को मृत्यु, २४ घाइते

Posted on: 24 May, 2019

महेश सिंह महतो | जेठ १०, सिरहा | सिरहाको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मिर्चैया नगरपालिकास्थित प्रयागपुर चौकमा गएराति बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना दुर्घटना भएको हो । दुर्घटना मा परि दुई  मृत्यु भएको हो  एक जनाको घटना स्थलमै मृत्यु भएको हो भने अर्को स्थानीय मग्लम होस्पिलमा उचारकै क्रममा मृत्यु भएको छ । 


सिरहाका ट्राफिक इन्स्पेकटर मिलन बस्नेले जानकारी दिनुभयो । दुर्घटनामा परि २४ जना घाइते भएका छन् । बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले  बताए ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाण्डौं जाँदै   गरेको र विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग आपमा  ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जनाए । 

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका अन्दाजी  ४५  वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका ७ बस्ने मदन कुमार उप्रेती रहेको प्रहरीले जनाएको छ।घाइतेमध्ये ३ जना पुरुषको नाम र ठेगाना खुलेको छैन् ।

११ जनालाई विराटनगर को विभिन्न होस्पिलमा उपचार भइरहेको छ । ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतामा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!