गोरखामा गाडीबाट सामान झार्ने क्रममा लडेर एक जनाको मृत्यु

Posted on: 26 May, 2019

 जेठ १२, पोखरा । गोरखामा गाडीबाट सामान झार्ने क्रममा आज लडेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

बा३ख २५८३ नंको  स्वराज गाडीमा काम गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको विशालनगर बस्ने ५० वर्षीय विष्णु श्रेष्ठको मृत्यु भएको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ । 

गम्भीर घाइते अवस्थामा आरुचनोटे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो । चालकसहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँमा शव फेला

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित सिमलडाँडा बस्ने ५० वर्षीय ओमबहादुर कुमालको शव फेला परेको छ । उनी आफ्नै घरदेखि करीब ५०० मिटर पूर्व खोल्सामा मृतावस्थामा फेला परेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!