सिरहाको लहान बजार दुर्गन्धित, नगरपालिका मौन

Posted on: 27 May, 2019

महेश सिंह महतो | जेठ १३, सिरहा | सिरहाको लहान बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले फोहोर नउठाउँदा  ठाउँ ठाउँमा फोहोरका डंगुर थुप्रिएका छन् । 

फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावतमा समस्याका साथै मानिस नाक थुम्न बाध्यभइरहेको छ। दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको छैन।  त्यसपछि कर्मचारीहरुले बजारमा झाडु लगाउने तर फोहोर नउठाउने निर्णय गरेका थिए। बुधवारदेखि उनीहरूले झाडुपनि लगाउन छाडेका तरकारी बजारका होटेल संचालक रघुबिर साह हलुवाईले बताएका छन्।

चैतको अन्तिम सातादेखि नै स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आएका छन्। त्यसपछि फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्न वडा नम्बर एकदेखि १० सम्मका वडाध्यक्षहरूको एउटा समिति गठन गरिएको थियो।

समितिले नगरका २४ वटै वडामा फोहोर व्यवस्थापन गर्ने वैकल्पिक ठाउँ हेर्ने, स्थानीयसँग छलफल गर्ने र राजनीतिक दलका प्रतिनिधिसहित बैठक गर्न निर्णय गरेको वडा नम्बर १ का वडा अध्यक्ष फागु चौधरी ले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!