प्रेस युनियन खोटाङले स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

Posted on: 27 May, 2019

चिसाङ शेर्पा | जेठ १३, खोटाङ | नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले बिरामीहरुलाई फलफुल वितरण गरेको छ । २८ वर्ष पुगेको उपलक्ष्यमा प्रेस युनियनले जिल्ला अस्पताल दिक्तेलमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

२७ वर्ष पारगरी २८ वर्षमा प्रवेश गरेको खुशियालीमा विभिन्न रचनात्मक कार्यक्रमगरी स्थापना दिवस मनाउन केन्द्रको आग्रह अनुसार फलफुल वितरण गरेर स्थापना दिवस मनाईएको नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले जनाएको छ । अस्पतालमा रहेका दर्जनभन्दा बढी बिरामीहरुलाई युनियनका अध्यक्ष उत्तम चौलागाँई, नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य सुमनबाबु आचार्य, नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति दुर्गा प्रसाद घिमिरे, जिल्ला अस्पताल दिक्तेलका डाक्टर नविन देवकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राई, वरिष्ठ पत्रकार कृष्ण आचार्य लगायतले फलफुल प्रदान गरेका थिए ।

नेपाल प्रेस युनियनको महाधिवेशनको मिति तोक्न ढिलाइ भएको र केन्द्रीय समितिको वैठक वस्न नसकेकोमा जिल्ला शाखाले पनि महाधिवेशन गराउनलाई दबाब दिने युनियनका जिल्ला अध्यक्ष चौलागाँईले बताए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!