पाँचथरमा मंगलबार शोक बिदा

Posted on: 27 May, 2019

कमल घिमिरे।जेष्ठ१३।पाँचथर,पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मंगलबार शोक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको छ ।

जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा मारिएका बिद्यार्थी बालबालिकाको आत्माको चीर शान्तिको कामना गर्दै एक दिन गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताउनुभयो । हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ बर्षिया युहाना, १० बर्षिया मुना, आशिका र ८ बर्षिया इक्सा स्थानीय आरुबोटे माविका बिद्यार्थी हुन् । गाउँपालिकाले सूचना जारी गरी गाउँपालिकाका सबै शैक्षिक संस्थाहरुलाई मंगलबार शोक मनाउन आह्वान गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!