रंगशालामा स्थानियले डोजर चलापछि धुर्मुस रोए

Posted on: 30 May, 2019

जेठ १६, धुर्मुस | सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् । 

कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले यस कार्यलाई राजनीतिबाट प्रेरित भएको घटना भनेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले बार भत्काउने व्यक्ति र डोजरलाई निणन्त्रणमा लिएर छानविन भइरहेको जनाएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माणस्थलको बार भत्काइनु दुःखद घटना भएको बताएकि छन् । धुर्मुसले रुँदै यी रसाएका आँखाको मात्र हैन, परदेशमा रगत बगाउने लाखौँ युवाको पसिना हो । डोजर जस्तापाताको बार भत्काउन हैन हामी नेपालीको मन भत्काउन लगाईएको डोजर होउनले भनेका छन् । 

उनले रंगशाला निर्माणमा खटिएका कामदारालाई धम्कीसमेत आउने गरेको बताएका छन् । फाउन्डेसनले मंगलबारमात्र रंगशालाको जग्गालाई बार लगाएको थियो । 

तर स्थानीयले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेको थिए । धुर्मुसले जुन घटना आफ्नै आँखा अगाडि घट्यो, जुन दृश्य देखे त्यसलाई कारुणिक दृश्य भनेका छन्   उनले भने 'मेरो जीवनमा मैले देखेको छैन होला । हुनत यो भन्दा अगाडि बस्ती बनाउँदा पनि धेरै दु:ख, धाक, धम्की, प्रेसर सहेर राष्ट्रका लागि केही गर्नुपर्छ भनेर लागेका थियौँ ।' 

रंगशाला निर्माणाधिन अवस्थामा छ । धुर्मुसले रंगशाला निर्माणको लागि डीपीआर बनिसकेपछि महानगरपालिका र स्थानिय राखेर आवश्यक छलफल गर्ने बताएको भन्दै बारमा डोजर चलाएर नेपालीको पसिनामाथि डोजर चलाएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!