पोखराको लेकसाइडमा एक विदेशी नागरिकको मृत्यु

Posted on: 30 May, 2019

 जेठ १६ पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा एक विदेशी नागरिकको मृत्यु भएको छ । नेपाल भ्रमणका क्रममा बुधबार पोखरा आएका सिङ्गापुरका ६६ वर्षीय कोशचेङ टेकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लेकसाइडस्थित होटल ‘ह्वाइट पर्ल’मा बास बसेका टकलाई आज बिहान उनकी श्रीमती पिङ पेक इङले उठाउन खोज्दा नउठेपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याए लगत्तै  चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!