गुराँस लाइफले ग¥यो जेष्ठ नागरिकलाई सम्मान

Posted on: 31 May, 2019

कमल घिमिरे।जेष्ठ१७।पाँचथर , गुराँस लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो स्थापनाको ११ औँ वार्षिक उत्सवमा जेष्ठ नागरिकहरुलाई सम्मान, चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कमपनि ११ वर्ष पुरा गरी १२ वर्ष पुगेको अवसरमा उपशाखा फिदिमको आयोजनामा भएको कार्यक्रममा फिदिम नगरपालिका वडा नं. २ मा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप चियापान,फलफुल र खानाको व्यवस्था गरि विभिन्न सरोकारहरु को उपस्थितिमा शुभकामना आदान प्रदान गरिएको थियो । 

कार्यक्रममा सनातन धर्म सेवा समिति अध्यक्ष गंगाराम भट्टराई,जनसेवा पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारी, सिद्धपोखरी सेवा सदनकी अध्यक्ष राधिका थापा, २ नं. वडा सदस्य नारायण बजगाई इगल एफ.एम का सह मेनेजर उपेन्द्र एक्तेन लगायतले कम्पनिको कार्यक्रम जेष्ठ नागरिक आश्रममा गरिएकोमा खुशी व्यक्त गरेका थिए । 

कार्यक्रम २ नं. वडा अध्यक्ष सुकपाल तुम्बापो को प्रमुख आतिथ्यता र उपशाखा प्रमुख कविराज मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!