बझाङ जिल्ला अस्पताल: दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा

Posted on: 31 May, 2019

सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र डाक्टर हुँदा बिरामी मर्कामा परेका हुन ।

जिल्ला अस्पतालमा हाल दिन–रात गरी सरकारी डाक्टर संदिप ओखेडा र निक्साइमन संस्थाका डाक्टर शेर बहादुर साउँद र सोहिता तुलाधरले बिरामीको उपचार गरिरहेका छन । 

मौसम परिवर्तन सँगै जिल्ला अस्पतालमा उपचार गर्न आउँने बिरामीको चाप निकै बढेको तर अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरु नहुँदा बिरामीले चेकजाँच गर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था रहेको छ । 

जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरुले सास्ती भोग्नु परेको जयपृथ्वी नगरपालिका ७ को टेकेन्द्र बोहराले बताए । विकट हिमाली जिल्ला बझाङमा राज्यले तत्काल दरबन्दी अनुसारका डाक्टरहरु पठाइ बिरामीको उपचारमा ध्यान दिनुपर्ने उनको भनाइ छ । 


जिल्ला अस्पतालमा डाक्टरको संख्या कमी हुँदा उपचारका लागि टाढा टाढाबाट आएका बिरामीहरुले दिनभर लाइनमा बसेर पनि उपचार पाइरहेका छैनन् । 

घण्टौसम्म लाइनमा बसेर पनि उपचार नपाएपछि बिरामीहरुले निजी औषधि पसलहरुमा उपचार गराउनुपर्ने अवस्था रहेको छ । 

गर्मी बढेपछि जिल्ला अस्पताल बझाङमा दैनिक बिरामी संख्यामा बृद्घि भइरहेको हुँदा डाक्टरहरुको संख्या कमी भएका कारण बिरामीको उपचारमा ढिलो भएको जिल्ला अस्पताल बझाङका डाक्टर संदिप ओखेडाले बताए । तिन वटै डाक्टरहरु दिनरात नभनि बिरामीको उपचारमा खटि राखेका छौ उनले भने एक जना डाक्टरले ८ घण्टा ड्यूटि गर्नु पर्ने बाध्यता छ ।

आफु आएपछि जिल्ला अस्पतालको ल्यापको स्तरउन्नति ,फोहोर मैला व्यवस्थापन,२४ सै घण्टा जिल्ला अस्पतालको फार्मेसी संञ्चालन गरेको उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!