कुश्माका मेयर जोशी भन्छन् ‘सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि योजना ल्याउँछौ’

Posted on: 01 Jun, 2019



पर्वत–पर्वतको कुस्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । शुक्रवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्साठीऔं वार्षिकोत्सव मनाएको हो ।


कार्यक्रमको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । त्यसक्रममा बोल्दै जोशीले विद्यालयको विकासमा सहयोग गर्न नगरपालिका सधैँ तयार रहेको बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र समायानूकल बनाउन विद्यालय सुधारका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभयो । जोशीले जिल्लाको पहिलो प्राविधिक शिक्षा दिने यस विद्यालयले प्राविधिक जनशक्ति उत्पादन गरि राष्ट्रलाई योगदान गरेको बताउँदै यस्ता विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 


कार्यक्रममा बोल्दै कुस्मा ११ पकुवाका वडा अध्यक्ष शिब प्रसाद पौडेलले सामुदायिक विद्यालयलाई सुधार गरेर गुणस्तरिता बढाउन विशेष योजना ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षा सुधार गर्न प्रारम्भिक तहदेखि नै विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकारी विष्णु प्रसाद तिवारी, नेपाल रेडक्रस सोसाईटी पर्वतका अध्यक्ष तथा पूर्व प्रअ रुद्र बहादुर रिमाल, विद्यालयका प्रअ नरनाथ रिमाल लगायतले बोल्नुभएको थियो । 


कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण पेश गरिएको थियो । सोही अवसरमा विद्यालयको संस्थागत विकासका लागि योगदान दिने ८ विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानितहरुलाई कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सम्मान पत्र प्रदान गर्नुभयो । 


यससँगै विद्यालयमा रहेका विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयले प्राविधिक धारतर्फको परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने विद्यार्थी याम माया पुनलाई नगद रु ६ हजार र ट्रफी प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बम मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सम्भबी अधिकारी र विद्यार्थी प्रमिला क्षेत्रीले र संचालन शिक्षक राजकुमार गौतमले गर्नुभएको थियो । 
पर्वतको एकमात्र प्राविधिक धारमा अध्यायन हुने यस विद्यालयमा कृषि जेटिए र भेटेरीनरी जेटीएको पढाई हुँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!