पेट्रोल तथा डिजेल भण्डारविहीनः लिटरमा १५/२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता

Posted on: 02 Jun, 2019

जेठ १९, कालिकोट । कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन् । 

अढाइ सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नुपर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ किन्न वाध्य छन् । बमले पेट्रोल प्रतिलिटर एक सय २५ रुपैयाँ र डिजेल एक सय १० रुपैयाँमा बिक्री गरिरहेको बताए ।

निगमको नेपालगञ्ज डिपोमा पेट्रोल लिटरको एक सय नौ रुपैयाँ ५० पैसा र डिजेल मूल्य ९७ रुपैयाँ पर्छ । कालीकोटमा नेपालगन्जभन्दा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ५० पैसा, डिजेल २० रुपैयाँ महँगो छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!