दैलेखमा श्रीमती बेच्ने एक व्यक्तिलाई ३८ वर्ष कैद

Posted on: 02 Jun, 2019

जेठ १९, दुल्लु । दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो । आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो । 

न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज उक्त फैसला सुनाइएको हो । उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद भएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो । 

मेघ गर्जनसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीबाट आएको दक्षिण पूर्वी हावाको प्रभाव र प्री मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार मनसुन शुरु हुन केही दिन मात्र बाँकी छ । अहिलेको यो अवस्था पूर्वमनसुन शुरु हुनुभन्दा केही  दिनअगाडिको गतिविधि रहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो । 

देशभर पूर्वमनसुन शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम आगामी मङ्गलबारसम्म कायम रहन्छ । एक–दुई दिन मौसम सफा भएपछि फेरि पूर्वमनसुन सक्रिय हुने बताइएको छ । राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिक बदली रही देशको पूर्वी भू–भागको केही स्थानमा र मध्यपूर्वी भू–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभर आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका केही स्थानमा र मध्यपूर्वी भू–भागका एक÷दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आवाज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७  दशमलव ४ डिग्री र अधिकमत तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!