सह–चालकले साइड लगाउन खोज्दा बस खस्यो

Posted on: 04 Jun, 2019

सम्राट सिंह | जेठ २१, बझाङ | जिल्लाको सिमखेत बसपार्कमा सह चालकले साइड लगाउन खोज्दा बस खसेको छ । सोमबार जयपृथ्वी नगरपालिका अन्र्तगत  बसपार्कमा सहचालक  लक्ष्मण कुबरले महाकाली यातायातको ना ७ ख ६३७१ नम्बरको बस साइड लगाउन खोज्दा बस खसेको हो ।

बसमा यात्रुहरु या बसपार्क वरपर मानिसहरु नभएकाले मानविय क्षती भने नभएको तर बस नियन्त्रणमा लिन नसक्दा बसपार्कमा रहेका ३ वटा टिकट काउन्टर भत्किएका छन । 

बस नियन्त्रण लिन नसक्दा बसपार्कबाट बस र सह चालक सहित झण्डै १ सय मिटर तल बाउली खोलाको किनारमा खसेको तर मानविय क्षती भने नभएको प्रहरी नायव उपरिक्षक सुर्य केसीले बताए । बस चलाउने सह चालक कुँबरलाई अनुसन्धानका लागि नियन्त्रण लिएको उनको भनाइ छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!