शक्तिशाली भूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ

Posted on: 04 Jun, 2019

जेठ २१, काठमाडौं  । शक्तिशाली भूकम्प आउँछ भन्दै सर्वसाधारणमा भ्रम फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेका छ ।  सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले  ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । 


 जेठ महिनाभित्र  शक्तिशाली भूकम्प आउने भन्दै उनले यूट्यूव भिडियोमार्फत आतंक फैलाएका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको हो । 

उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!