जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

Posted on: 04 Jun, 2019

सम्राट सिंह | जेठ २१, बझाङ | जिल्ला स्वास्थ्य कार्यालय बझाङमा जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि जनचेतना अभिबृद्घि कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङले जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि आयोजना गरेको जनचेतना अभिबृद्घि कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

कार्यालयले कार्यक्रममा जयपृथ्वी नगरपालिकाका जन प्रतिनिधि,संञ्चारकर्मी तथा अन्य सरोकारवाला हरुलाई जलवायु परिवर्तनका प्रभावहरु तथा जलवायु प्रदुषण न्यूनिकरण सम्बन्धि छलफल भएको थियो ।

जनचेतना अभिबृद्घि कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास,कृषि उत्पादनमा कमी लगायत मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव र सामाजिक क्षेत्रमा नकारात्मक असर तथा जलवायु प्रदुषण न्यूनिकरण बारे जानकारी गराएका थिए । 


माथिको तश्विरमा: जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको जनचेतना अभिवृद्धि कार्यक्रममा आफ्ना धारणा राख्दै जिल्ला अस्पतालका डाक्टर संदिप ओखेडा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!