भीर माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

Posted on: 04 Jun, 2019

चिसाङ शेर्पा | जेठ २१, खोटाङ | भीर माथिबाट खसेको ढुंगाले लागेर खोटाङमा एकजनाको ज्यान गएको छ । ढुंगाले लागेर जिल्लाको केपिलासगढी गाउँपालिका–६ दिप्सुङका अन्दाजी ५८ वर्षीय चन्द्र विकको मंगलबार ज्यान गएको हो । एक जना गम्भीर घाइते भएका छन् ।

धान कुटन घरबाट धान बोकेर मिलतर्फ जादै गर्दा स्थानीय राम्चेभीरमा अचानक सुख्खा पहिरो खस्दा दुबैजनालाई ढुंगाले लागेको र विकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशब कुमार कटवालले जानकारी दिनुभयो । 

ढुंगाले लागेर शक्त घाईते भएका सोही स्थानका अन्दाजी २४ वर्षीय मन कुमार तामाङको दिप्सुङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ लगिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!