चन्द्रौटा नगर उद्यानमा बृक्षारोपण

Posted on: 05 Jun, 2019

माधव बेल्वासे | जेठ २२, चन्द्रौटा (कपिलवस्तु) | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको चन्द्रौटा नगर उद्यान परिसरमा बृक्षारोपण गरिएको छ । वुधवार विश्व वातावरण दिवशको अवशर पारी एन एम वी वैक चन्द्रौटाले विभिन्न प्रजातीको फुल तथा फलफुलका विरुवाहरु रोपिएको छ । वृक्षारोपण आजको आवश्यकता भन्दै १ सय ५० विरुवाहरु रोपीएको हो ।

वृक्षारोपण कार्यक्रममा सहभागी हुदैँ प्रदेश सांसद अर्जुन केसीले रुख विरुवाहरु वचाउनुको सट्टा विनास हुदै गएकोमा यसमा स्थानियहरु सजग हुनुपर्ने वताए । वातावरण संरक्षणको लागी वित्तिय सस्थाले गरेको लगानीको प्रशंसा गरे ।

सांसद केसीले उद्यानलाई आकर्षक र ब्यावस्थित बनाउन स्थानिय सरकारले विशेष जोड दिनुपर्ने वताए । शिवराज नगरपालिकाको एक पर्यटकिय स्थलको रुपमा यस उद्यानलाई विकास गरी  आर्कषक बनाउन छलफल र योजना निमार्ण गर्नुपर्ने जनाए । राजमार्ग देखी नजिकै रहेको उद्यानमा यात्रुहरु पनि उद्यान अवलोकन गर्न आउने वातावरण सिर्जना गर्नुपर्ने जिकिर गरे ।


एन एम वि वैकका प्रदेश म्यानेजर डिविर विक्रम शाहले वातावरण संरक्षणको लागी वैकले वृक्षारोपण कार्यक्रम आयोजना गरेको वताए । प्रदेशका विभिन्न साखाहरुले रचनात्मक सामाजिक काम गरिरहेको वताउदै सामाजिक काममा वैक पछाडी नहट्ने दावी गरे ।

चन्द्रौटा साखाका ब्यावस्थापक लालवहादुर भण्डारीले विगतका दिनहरुमा पनि वैकले सामाजिक क्षेत्रमा काम गरिरहेको  जनाए । स्वास्थय सस्था,अग्नी पिडित तथा असाहय गरिव नागरिकहरु लागी सहयोग गरेको स्मरण गर्दै नगर उद्यानलाई ब्यावस्थापन गर्ने उद्देश्यले वृक्षारोपण गरेको जनाए । कार्यक्रममा शिवराज नगरपालिकाका जनप्रतिनिधि,व्यापारी,उद्योगी,सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । उद्यानको स्वागतमा विभिन्न फुलहरु रोपीएको छ भने पछाडी तर्फ फलफुलहरु आप लिचि लगाएतका विरुवा रोपीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!