आज जेठ २३ गतेदेखि २५ गतेसम्मको मौषम पूर्वानुमान यस्तो छ

Posted on: 06 Jun, 2019

जेठ २३, काठमाडौँ | आगामी तीन दिनको मौषम पूर्वानुमान जानकारी प्राप्त भएको छ । जस अनुसार आज जेठ २३ गतेदेखि २५ गतेसम्मको मौषम पूर्वानुमान जान्नुहोस् । 

जेष्ठ २३  गते (बिहिबार):

आज दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

जेष्ठ २४ गते (शुक्रबार):

दिउँसोको मौषम पूर्वानुमान: देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

रातिको मौषम: देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी पहाडी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ २५ गते (शनिवार):

दिउँसोको मौषम: देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने  र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

रातिको मौषम: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!