बझाङ: पहिरोले विद्युत गृह पुरियो, झण्डै ३ सय घरधुरी अन्धकारमा

Posted on: 06 Jun, 2019

सम्राट सिंह | जेठ २३, बझाङ | पहिरोले विद्युत गृह पुरिदा झण्डै ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन । जिल्लाको मष्टा गाउँपालिकामा १ मा संञ्चालन भएको डुग्रीगाड लघु जल विद्युत आयोजनाको विद्युत गृह पहिरोले पुरिदा सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका हुन ।

मंगलवार दिउँसो एक्कासी विद्युतको गृहको माथीबाट सुख्खा पहिरो खस्दा अठार किलोवाट क्षमता भएको पावरहाउस बन्द भएको स्थानिय बिरेन्द्र रोकायाले बताए । पहिरोले विद्युत गृह पुरिदा मष्टा गाउँपालिका का लेकी, जिन्नाडा,समदेउ र डुग्रीका बासिन्दाहरु अन्धकार बस्न बाध्य भएको उनको भनाइ छ । 

पहिरोले विद्युत गृह पुरिदा विद्यार्र्थीहरुलाई पठनपाठनमा समस्या भएको छ भने उद्योग धन्दाहरु पनि बन्द भएका छन । पहिरोले विद्युत गृह पुरिदा झन्डै २५ लाख वरावरको क्षती भएको डुग्रीगाड लघु जल विद्युत आयोजनाका अध्यक्ष नवराज रोकायाले बताए । उक्त आयोजना झण्डै १ करोड लागतमा निर्माण भएको थियो ।  


माथिको तश्व्विरमा: पहिरोले पुरिदा क्षती भएका विद्युतका मेसिनहरु/ तस्बीर: सम्राट सिंह/सास/बझांग 

यस बिषयमा तपाइको प्रतिक्रिया...!