श्रीमतीमाथि बञ्चरो प्रहार

Posted on: 08 Jun, 2019


जेठ २५ ,बाँके|(रासस ) बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले आज बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैँ प्रहरी कार्यालय पुगेका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!