सफाइ अभियान जारी

Posted on: 08 Jun, 2019


जेठ २५ , काठमाडौँ |प्रत्येक हप्ताको शनिबार झैँ आज पनि उपत्यकाका वाग्मतीलगायत सहायक नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान जस्तोसुकै प्रतिकुल अवस्थामा सञ्चालन गरिँदा जनचेतना जगाउन फलदायी भएको छ ।जनस्तरबाट शुरु भएको अभियानमा विशेषगरी स्थानीय सरकारले सहयोग नगर्दा सोचे अनुरुपको काम भने हुन नसकेको सफाइ अभियानकर्मीले बताएका छन् । वाग्मती सफाइ माहाअभियानको ३१७औँ हप्तामा मीनभवन पुल अघिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका लगायत २४ संस्थाका ५०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी माला खरेलले बताउनुभयो । 

अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं. ३१ का अध्यक्ष नारायण भण्डारीको पनि सफाइमा सक्रियता थियो । सफाइ अभियानमा सहयोग गर्नुभएका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख गोविन्द काफ्ले सरुवा हुनुभएकाले आज बिदाइ समेत गरिएको थियो ।  

रुद्रमती सफाइको २७१ हप्तामा वातावरण दिवसको अवसर पारेर रातोपुलबाट नदी किनारका विभिन्न भाग परिक्रमा गरी जनचेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीको शुभारम्भ सांसद गगनकुमार थापाले गर्नुभयो । ¥यालीको समापन प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गर्नुभएको थियो ।

 विष्णुमती सफाइ अभियानको २४४ हप्तामा टेकु कालिमाटी क्षेत्रस्थित नदी किनारका स्थानीयवासीलाई सफा गर्न बाहिर निकालिएको संयोजक शोभाकान्त पाण्डेले बताउनुभयो । शोभाभगवती मुनिको विष्णुमती धेरै फोहर भए पनि स्थानीयवासी सफाइ सक्रिय नभएकाले बाहिर निकाल्ने कार्यक्रम आयोजना गरिएको हो । सो क्रममा मरेर नदीमा फालिएका पाँच कुकुरलाई सफाइका क्रममा खाडल खनेर पुरिएको थियो । 

 वाग्मती तिलगङ्गा खण्ड सफाइको २१८औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताउनुभयो । वाग्मती सुन्दरीघाट खण्ड सफाइको १२७औँ हप्तामा चोभार गणेशस्थान क्षेत्रमा सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो । 

चक्रपथ सफाइ अभियानको ११४औँ हप्तामा माछापोखरी चोक गङ्गा हल हुँदै माछापोखरी चोकसम्म सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ वाफल खण्ड सफाइको ९५औँ हप्तामा कलङ्कीबाट सोल्टी दोबाटोसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका गुह्येश्वरी माथिको वाग्मती क्षेत्र, आलोकनगर, मनोहरा लगायत स्थानमा पनि आज सफाइ गरिएको जनाइएको छ । |(प्रत्येक हप्ताको शनिबार झैँ आज पनि उपत्यकाका वाग्मतीलगायत सहायक नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान जस्तोसुकै प्रतिकुल अवस्थामा सञ्चालन गरिँदा जनचेतना जगाउन फलदायी भएको छ ।

जनस्तरबाट शुरु भएको अभियानमा विशेषगरी स्थानीय सरकारले सहयोग नगर्दा सोचे अनुरुपको काम भने हुन नसकेको सफाइ अभियानकर्मीले बताएका छन् । वाग्मती सफाइ माहाअभियानको ३१७औँ हप्तामा मीनभवन पुल अघिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका लगायत २४ संस्थाका ५०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी माला खरेलले बताउनुभयो । 

अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं. ३१ का अध्यक्ष नारायण भण्डारीको पनि सफाइमा सक्रियता थियो । सफाइ अभियानमा सहयोग गर्नुभएका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख गोविन्द काफ्ले सरुवा हुनुभएकाले आज बिदाइ समेत गरिएको थियो ।  रुद्रमती सफाइको २७१ हप्तामा वातावरण दिवसको अवसर पारेर रातोपुलबाट नदी किनारका विभिन्न भाग परिक्रमा गरी जनचेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीको शुभारम्भ सांसद गगनकुमार थापाले गर्नुभयो । ¥यालीको समापन प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गर्नुभएको थियो ।

विष्णुमती सफाइ अभियानको २४४ हप्तामा टेकु कालिमाटी क्षेत्रस्थित नदी किनारका स्थानीयवासीलाई सफा गर्न बाहिर निकालिएको संयोजक शोभाकान्त पाण्डेले बताउनुभयो । शोभाभगवती मुनिको विष्णुमती धेरै फोहर भए पनि स्थानीयवासी सफाइ सक्रिय नभएकाले बाहिर निकाल्ने कार्यक्रम आयोजना गरिएको हो । सो क्रममा मरेर नदीमा फालिएका पाँच कुकुरलाई सफाइका क्रममा खाडल खनेर पुरिएको थियो ।  वाग्मती तिलगङ्गा खण्ड सफाइको २१८औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताउनुभयो । वाग्मती सुन्दरीघाट खण्ड सफाइको १२७औँ हप्तामा चोभार गणेशस्थान क्षेत्रमा सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो । 

चक्रपथ सफाइ अभियानको ११४औँ हप्तामा माछापोखरी चोक गङ्गा हल हुँदै माछापोखरी चोकसम्म सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ वाफल खण्ड सफाइको ९५औँ हप्तामा कलङ्कीबाट सोल्टी दोबाटोसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका गुह्येश्वरी माथिको वाग्मती क्षेत्र, आलोकनगर, मनोहरा लगायत स्थानमा पनि आज सफाइ गरिएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!