कारागारभित्रै विष सेवन

Posted on: 11 Jun, 2019

जेठ २८, राँझा । बाँके जिल्ला कारागारका कैदी सुनिल तिवारीले आज कारागार भित्रै विष सेवन गरेका छन् । जिल्लाको जानकी गाउँपालिका–३ करमोहना घर भएका तिवारीले जेल भित्रै विष सेवन गरेका हुन् । 

लागुऔषध काण्डमा जेल सजाय भोगिरहेका सुनिल दुई वर्षदेखि नेपालगञ्जस्थित कारागारमा छन् । अदालतले सुनिललाई थप सात वर्ष जेल सजाय सुनाएको छ । आज पेट दुखिरहेको छ भनेर नजिकै रहेको अस्पतालमा उपचारका लागि निस्केका तिवारीले उतैबाट विष सेवन गरेको हुन सक्ने कारागारका जेलर भरत पाण्डेले बताउनुभयो । 

उहाँका अनुसार तिवारीको अवस्था गम्भीर छ । शिक्षण अस्पताल नेपालगञ्जको आइसियुमा राखेर तिवारीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!