कारागारभित्र विष सेवन गर्नेको मृत्यु, संगै विष सेवन गरेको श्रीमतीको अवस्था गम्भीर

Posted on: 11 Jun, 2019

जेठ २८, राँझा । बाँके जिल्ला कारागार भित्रै विष सेवन गर्ने कैदी सुनिल तिवारीको आज साँझ उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–३ करमोहना घर भएका तिवारीले जेलभित्रै विष सेवन गरेका हुन् । 

लागुऔषध काण्डमा जेल सजाय भोगिरहेका सुनिल दुई वर्षदेखि नेपालगञ्जस्थित कारागारमा थिए । अदालतले सुनिललाई थप सात वर्ष जेल सजाय सुनाएको थियो । आज पेट दुखिरहेको भनेर नजिकै रहेको अस्पतालमा उपचारका लागि भेरी अस्पताल गएका तिवारीले उतैबाट श्रीमतीको सहयोगमा विष सेवन गरेको हुन सक्ने कारागारका जेलर भरत पाण्डेले बताउनुभयो । 

उहाँका अनुसार तिवारीलाई नियमित जाँच गराउन लगेको अवस्थामा श्रीमतीको सहयोगले तिवारी र उनकी श्रीमतीले विष सेवन गरेर गम्भीर भएको अवस्थामा दुवैलाई नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि पु¥याएकामा तिवारीको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!