मोटर साइकल दुर्घटना हुँदा वडासदस्य गम्भीर घाइते

Posted on: 13 Jun, 2019

सम्राट सिंह | जेठ ३०, बझाङ | मोटर साइकल दुर्घटना हुँदा वडा सदस्य गम्भीर घाइते भएका छन । बिहिबार जयपृथ्वी नगरपालिका ७ का वडा सदस्य नर बहादुर महर से १ व ११७७ नम्बरको मोटर साइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन । 

घाइते को टाउको र छातीमा गम्भीर चोट रहेको स्थानिय दिपक राज जोशीले बताए । उनले भने घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले पनि रिफर गरेको छ । दुर्घटना भएको मोटर साइकल जयपृथ्वी नगरपालिका ७ नम्बर वडा कार्यालयको रहेको प्रहरीले जनाएको छ । 

जयपृथ्वी नगरपालिका ७ सुवेडामा मोटर साइकल सिक्ने क्रममा मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी मोहन चन्दले बताए । उनले भने मोटर साइकल सडकबाट झण्डै २० मिटर तल खसेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!