मोटर साइकल दुर्घटनाबाट घाइते बझाङका वडा सदस्यको उपचार क्रममा मृत्यु

Posted on: 13 Jun, 2019

सम्राट सिंह | जेठ ३०, बझाङ | मोटर साइकल दुर्घटनाबाट घाइते भएका वडा सदस्य को उपचारका क्रममा मृत्यु भएको छ ।

बिहिबार बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका ७ का वडा सदस्य नर बहादुर महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो ।

मृतक महर से १ व ११७७ नम्बरको मोटर साइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । मोटर साइकल दुर्घटनाबाट महरको टाउको र छातीमा गम्भीर चोट रहेको हुँदा उपचार गर्ने क्रममा महरको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!