नेपालमा मनसुनि वर्षा सुरु भएपनि देशभर फैलिन केहि समय लाग्ने

Posted on: 20 Jun, 2019

असार ५, काठमाडौँ | गए राति पुर्वी नेपालका केहि जिल्लाहरुमा भारि वर्षा भएको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ |  ओखलढुंगा , धनकुटा ,बिराटनगर लगाएतका क्षेत्रमा १४ दशमलब ६ मिलिमिटर पानि पर्यो | 

गत वर्षको तुलनामा यस वर्ष १० दिन ढिलो गरि पूर्वी नेपाल बाट बर्षा सुरु भएको देशभर फैलिन केहि समय लाग्ने मैसम विद्हरुले जानकारी दिएका छन् | मनसुन शुरु हुनका लागि सबै मापदण्ड पुरा भएपनि बिभागले औपचारिकरुपमा मनसुन सुरु भएको घोषणा भने गरेको छैन | मैसम विदका अनुसार बैठक बसेर एक-दुई दिनमा औपचारिक घोषणा गर्ने जानकारी दिए | यो वर्ष साधारण वर्षा हुने र मौसम देशभरी फैलिन आठ- दश दिन लाग्ने अनुमान गरिएको छ | 

मौसम पूर्वानुमान महाशाखाले बिहीबार पूर्व र मध्य नेपालका केही स्थान तथा पश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षासहित मेघगर्जन हुने पूर्वानुमान गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!