जनताको संविधान जनताको माझमा कार्यक्रम बेतालीमा सम्पन्न

Posted on: 19 Dec, 2015

प्रज्वल पौडेल/ पुस ४, रामेछाप ।  नेपालको संविधान २०७२ को अन्तरवस्तुको बारेमा शनिबार बेताली गाविसमा एक दिने कार्यक्रम सम्पन्न भएको छ । जनताको संविधान जनताकै माझमा भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको छ । संविधानको अन्तरवस्तु बारे गाविस तहमा समेत नागरिकलाई जानकारी गराउने सरकारको घोषणा अनुसार सो कार्यक्रम भएको गाविस सचिव पुण्य प्रसाद बरालले जानकारी दिए ।

कार्यक्रमका वत्ताहरुले समावेशीको अद्वितीय नमूना रहेको संविधानसभाबाट जारी भएको नेपालको संविधानले सबैका हकअधिकार स्थापित गर्नुका साथै समानुपातिक समावेशीताको सिद्धान्त अपनाएको बताएका थिए ।

यसैगरी बेताली गाविसमा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । वेताली गाविस र लिवर्डको आयोजनामा मेला सम्पन्न भएको हो । शनिबार भएको प्रदर्शनी कार्यक्रम गाविस सचिव पुण्यप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा बेताली, नामाडी र रस्नालु गाविसका कृषकहरुले भाग लिएका थिए । उनीहरुले आफ्नो कृषि मेलामा प्रदर्शन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी दिनेशराज पन्त, विभिन्न राजनीनितिक दलका प्रतिनिधिहरु लगायतले मन्तव्य राखेका थिए । वक्ताहरुले कृषि क्षेत्रको विकास वेगर नेपालको विकास सम्भव नभएको धारणा राखे । उनीहरुले कृषकहरुलाई प्रोत्साहित गर्न यस्ता कार्यक्रमले महत्व राख्न बिचार व्यक्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!