स्काभेटरमा आगजनी

Posted on: 20 Jun, 2019

असार ५,पाँचथर |  पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रोकेर राखिएको स्काभेटरमा आज बिहान आगजनी भएको छ ।

लिम्बास्थित लेकगाउँमा राँके–रवि–भेडेटार सडक निर्माणका लागि प्रयोग भइरहेको ज्वाला निर्माण सेवा प्रालिको बा३क ५६६ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार बाटोमा रोकेर राखिएको उक्त स्काभेटरमा बिहान करीब २ बजे आगजनी भएको हो । घटना कसले, किन गरायो भन्ने अहिलेसम्म यकिन हुन नसकेको प्रहरीको भनाइ छ । 

स्थानीयवासीले खबर गरेपछि सो घटनाका सम्बन्धमा बिहानैदेखि प्रहरीले अनुसन्धान थालेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । आगजनीका कारण स्काभेटरका पाटपुर्जा जलेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!