नवलपरासीमा खानेपानी योजना शुरु

Posted on: 20 Jun, 2019

असार ५, कावासोती । नवलपरासी पूर्व कावासोतीको जिल्लास्थित सरकारी कार्यालय स्थापना गर्ने स्थलमा खानेपानीको योजना शुरु गरिएको छ । 

नवलपुरको सदरमुकामस्थित कार्यालय निर्माणस्थलमा खोनेपानीका लागि डिप बोरिङ र होभर हेड ट्याङ्की निर्माण गर्न लागिएको हो । कावासोती–३, राममन्दिरमा रहेको १८७ बिघा क्षेत्रफलमा विभिन्न सरकारी कार्यालय स्थापना गर्ने योजना बनाइएको छ । स्थानीय, प्रदेश र सङ्घ मातहतका जिल्लास्तरका एकीकृत कार्यालय स्थापना गर्ने भनिएको यस स्थानमा पानीको व्यवस्थापन गर्न लागिएको हो । 

गण्डकी प्रदेश सरकारले समेत केही दिनअघि सार्वजनिक गरेको बजेटमा नवलपुरमा कार्यालय व्यवस्थापन गर्ने जनाएको छ । कार्यालय स्थापनाको समयमा समेत पानीको आवश्यकता हुने भएकाले यस क्षेत्रमा डिप बोरिङ गाड्ने काम शुरु गरिएको हो । कावासोती नगरपालिका र कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त लगानीमा ओभरहेड ट्याङ्की र डिप बोरिङ निर्माणको काम शुरु गरिएको हो ।

कावासोती नगरपालिकाबाट नेपाल सरकारको स्थानीय तहलाई दिने विशेष अनुदानको रु एक करोड ५० लाख र कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको रु एक करोड गरी कूल रु दुई करोड ५० लाखको लागतमा खानेपानीको योजना निर्माण गर्न लागिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताउनुभयो ।  

यस योजनाबाट सदरमुकाममा निर्माण हुने कार्यालयसँगै कावासोती नगरपालिका–३ ४ र ९ लगायतका वडाका स्थानीयवासीलाई समेत शुद्ध खानेपानी पु¥याउन सहयोग पुग्ने कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!