आज बिश्व योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

Posted on: 21 Jun, 2019

असार ६, काठमाडौँ | अन्तर्राष्ट्रिय  बिश्व योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोदीले   सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा उक्त प्रस्ताव पेस गरेका थिए | नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए | 

पाचौं विश्व योग दिवसको अवसरमा शुक्रबार बिहान अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ । प्रभातफेरीपछि लाजिम्पाटस्थित ला शेर्पा रेष्टुरेन्ट परिसरमा योगाभ्यास समेत गरिएको छ |योग दिवसको अवसरमा राष्ट्रिय सभागृहमा औपचारिक समारोह पनि आयोजना गरिएको छ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ ।

समारोह पनि आयोजना गरिएको छ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने कार्यक्रम छ ।संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ । 

योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतनाका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने योग गुरुहरु बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!