सुनको भाउले इतिहास तोड्दै अहिलेसम्मकै महंगो, कति छ आजको भाउ ?

Posted on: 21 Jun, 2019

असार ६, काठमाडौँ | नेपाली बजारमा सुनको भाउले इतिहास तोडेको छ । सुनको भाउ आज प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ हुँदा तेजावी सुनको भाउ ६४ हजार ७ सय तोकिएको छ । 

छापावाल सुनको भाउ हिजो ६४ हजार रुपैयाँ निर्धारण भएको थियो । एकै दिनमा १ हजारले बढेको छ । 

अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेकाले नेपालमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

Source: http://www.fenegosida.org/

यस्तै इरान र अमेरिकाबीचको तनावका कारण पनि लगानीकर्ता सुरक्षित हुन थालेकाले सुन महंगो भएको व्यवसायीले बताएका छन् । 

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेकाले तोलाको ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । 

यसअघि २०७० साल भदौ १२ गते र २०७५ फागुन ८ गते नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसपछि हिजो बिहीबार नेपाली बजारमा सुनको भाउले त्यो रेकर्ड तोड्दै ६४ हजार पुगेको थियो । आज एकै दिनमा १ हजारले  बढेपछी सुनको भाउले अर्को नयाँ रेकर्ड राखेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!