आगामी तीनदिनसम्म (असार ९ गतेसम्म) को मौषम यस्तो रहनेछ

Posted on: 22 Jun, 2019

असार ७, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिन सम्मको मौषम पूर्वानुमान अनुसार आज दिउँसो देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने र पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ।  साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पुर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

असार ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार ९ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका तराईका भू-भागहरूमा र पश्चिमि नेपालमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। दिउँसोपख मध्य भू-भागका केहि क्षेत्र बाहेक देशका अन्य भू-भागहरूमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशका पूर्वि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदलि रहि देशका पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पू्र्व केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

यसरी हुन्छ मौसम अनुमान

मौसमविदले परम्परागत विधिसँगै अहिले आधुनिक प्रविधिको पनि प्रयोग गरि मौषम पूर्वानुमान गर्छन् । कम्प्युटर भूउपग्रहको तस्वीर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ । जसको लागि केहि बर्ष यतादेखि स्याटेलाइट इमेजको प्रयोग हुने गरेको छ । त्यस्तै दुई/तीन वर्ष अघिदेखि एनडब्ल्यूपी अर्थात सिष्टम न्युमेरिकल वेदर पेडिक्सनको पनि प्रयोग हुन थालेको छ । यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गरिन्छ । नेपालमा मौशमविदहरुले मौषम पूर्वानुमान गर्दा देशलाई तीन भागमा अर्थात् पश्चिम, मध्य र पूर्वी भेग मानेर पूर्वानुमान गर्छन । 

मौसमविदका अनुसार पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका बिभिन्न स्ट्यान्डर्सका तथ्याँक लिएर मौसमी हरहिसाब गरिन्छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग गरेर पूर्वानुमान गरिने हुँदा मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!