पोखरा मणिपाल अस्पतालका डाक्टरको गाडीले ठक्कर दिँदा बालकको मृत्यु

Posted on: 22 Jun, 2019

असार ७, कास्की | पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका  तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

बिहान करीब ८.३० बजे बुबाआमासँगै मोटरसाइकलमा आएका उनलाई अस्पतालको पार्किङमा गाडीले ठक्कर दिएको थियो । त्यसलगत्तै बालकलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनालगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!