विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको शव परिवारजनले बुझे

Posted on: 22 Jun, 2019

असार ७, जनकपुर | विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको शव परिवारजनले तीन दिन पछि आज सनिबार बुझेका छन् । 

पौडेलको बिहीवार प्रहरीको गोली लागि मृत्यु भएको थियो ।  पौडेलको शव मृतक पौडेलका परिवारजनले जिल्ला अस्पताल मलंगवाबाट बुझेका हुन् । 

सर्लाहीको सदरमुकाम मलंगवाबाट उनको शव बागमती वडा नम्बर २ धरहरा स्थित गृह निवासमा ल्याइएको मानवअधिकारकर्मीहरुले जानकारी दिए ।


पौडेलको शवलाई घरमा पुर्‍याएपछि आफन्तजन तथा शुभचिन्तकले अन्तिम श्रद्धाञ्जली दिन आजै  बागमती नदीमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । 

बिहीबार दिउँसो लालबन्दी वडा नम्बर १ लखन्देही  खोलादेखि पूर्वको जंगलमा गस्तीमा गएको प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको दावी छ । प्रहरीले झडपमा गोलि लागि मृत्यु भएको भनेपनि परिवारजनले भने प्रहरी पक्राउ गरि षड्यन्त्रपूर्वक मारेको आरोप लगाउँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!