बैतडीमा करेन्ट लागेर ४ पशुचौपाया मरे

Posted on: 23 Jun, 2019

असार ८, काठमाडौँ |  वनमा चराउन लगेका गाईगोरु करेन्ट लागेर बैतडीमा मरेका छन्।

जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ मा करेन्ट लागेर वनमा चरिरहेका तीन गोरु र एक गाई मरेको स्थानीयले जानकारीका छन् । गाउँपालिकाको बोटेस्वर सामुदायिक वनमा चरिरहेका रामकीबरायलका धोज बहादुर बिष्टका २ गोरु,  राजेश बिष्टको एक गोरु र धन बहादुर बिष्टको एक गाई मरेको जिल्ला प्रहरी कार्यालय बैतडीले पनि पुष्टि गरेको छ।

शनिबार दिउँसो थ्रि फेज विद्युत लाईनको खसेर प्रवाह भएको करेन्ट लागेर गाईगोरु मरेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!